
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली हानी पाँच जनाको हत्या गरेको छ ।
फ्लोरिडामा रहेको सन ट्रस्ट बैंकमा प्रवेश गरी बैंक कब्जामा लिएका ती ब्यक्तिले बैंकमा रहेका सबैलाई भुँइमा सुत्न लगाइ गोली हानेको बताइएको छ ।
घटनाको समयमा बैंकमा पाँच जना मात्रै रहेको र ती ब्यक्तिले पाँचै जनाको हत्या गरेको हो । हत्या गर्ने ब्यक्ति २१ बर्षिय जेइफेन जेभरले रहेको बताइएको छ ।
हत्या लगत्तै ती ब्यक्तिले बैंकबाट प्रहरीलाई फोन गरी आफूले पाँच जनाको हत्या गरेको जानकारी गराएका थिए ।
प्रहरी घटनास्थल पुग्ने वित्तिकै ती ब्यक्तिले आत्मसमर्पण गरेको बुझिएको छ ।
उनले के कारणले हत्या गरेको भन्ने बारे केही नभनेको अमेरिकी अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्