Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढी–पहिरोबाट ज्यान गए, घरबारविहीन भए यस्तो छ सरकारको राहत


0
Shares

बुधबारको व्यवस्थापिका–संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले बाढी–पहिरोबाट हुने क्षतिमा तत्काल उद्धारका लागि पूर्व, पश्चिम र मध्य क्षेत्रमा सुरक्षाकर्मीलाई हेलिकोप्टरसहित तैनाथी अवस्थामा राखिएको जानकारी दिए ।

बाढी–पहिरोबाट कसैको ज्यान गएमा मृतकका परिवारलाई एक लाख रुपैयाँ र घर भत्किएमा अस्थायी घर बनाउनका लागि तत्काल १० हजार दिने निर्णय भएको उनले बताए ।

यस्तै, घरबारविहीन बन्नेहरुलाई जग्गा किन्न दुई लाख र घर बनाउनका लागि तीन लाख रुपैयाँ दिने निर्णय भएको पनि उनले जानकारी दिए ।