Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


अक्षरमार्गद्वारा स्रष्टा सम्मानित


0
Shares

संस्थाको पाँचौं वार्षिकोत्सवका अवसरमा शनिबार विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट साहित्यकार गोविन्दराज भट्टराई, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट वरिष्ठ कवि, गीतकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट वरिष्ठ साहित्यकार रमा शर्मा, भरतराज अक्षरमार्ग स्रष्टा सम्मानबाट साहित्यकार मणिराज सिंहलाई सम्मानित गरिएको हो ।

त्यसैगरी, खड्गवेद अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मानबाट साहित्यकार गोविन्दबहादुर थापा, अक्षरमार्ग सहकर्मी प्रतिभा सम्मानबाट साहित्यककार ध्रुवकृष्ण ताम्राकारलाई पत्रिकाले सम्मान गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपाली, वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंग, इमेज टेलिभिजनका महाप्रबन्धक रघुबरभक्त मानन्धर, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, वरिष्ठ साहित्यकार कुमार कोइरालाले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न साहित्यकारका पुस्तकसमेत विमोचन गरिएको थियो ।