Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कम्युटर बिलिङ प्रणालीमा नचलेका ११५ ट्याक्सी कारबाहीमा


0
Shares

महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आइतबारदेखि उक्त अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको आभास नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको जानकारी दिए । ‘यस्ता ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रिन्टर मेसिन जडान गर्ने ठाउँमा पठाउँछौँ, मिटर जडान गरेर मात्र चलाउने भनेका छौँ, अन्यथा कारबाही गछौँ,’ उनले भने ।

महाशाखा प्रमुख खनालले प्रिन्टर मेसिन जडान नगरी सञ्चालनमा आएका ट्याक्सी दुई हजारको हाराहारीमा रहेका र ती ट्याक्सी चालकलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याइने बताए ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बजारमा प्रिन्टर मेसिन नभएका कारण अधिकांश ट्याक्सीले प्रिन्टर मेसिन जडान नगरेको बताए । उनले भने, ‘राज्यले चाँडो ट्याक्सीमा मिटर जडान गरिदियोस् हामी मिटरमा ट्याक्सी चलाउन तयार छौँ ।’

महाशाखाले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रिन्टर मेसिन नभएका ट्याक्सीमा तत्काल मिटर जडान गर्न आग्रहसमेत गरेको छ । काठमाडौँमा हाल नौ हजार ५०० को हाराहारीमा ट्याक्सी सञ्चालित छन् । (रासस)