२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


हत्या अभियोगमा सातजना पक्राउ


0
Shares

कालिञ्चोक गाउँपालिका–७ साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक वनमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालयले सातजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा साविकका सुनखानी गाविस– ४ का २४ वर्षीय रवीन्द्र शिवाकोटी, जुंगु गाविस– ४ का २० वर्षीय विक्रम कार्की, साविकला पिलाङ गाविस– ९ का २२ वर्षीय राजन थापा, सुनखानी गाविस– ४ का २८ वर्षीय नकुल तामाङ, सुनखानी– ४ कै २१ वर्षीय विष्णु तामाङ, २८ वर्षीय कुमार ढुंगेल र ३८ वर्षीय रामकाजी तामाङ छन् ।

पक्राउ परेका उनीहरुलाई दोलखा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । (रासस)