
बाढी–पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् ।
मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमा पत्रकार सम्मेलन गर्दै डा. केसीले सबैको ध्यान विपत्तितर्फ केन्द्रित गर्न बाधा नपुगोस् भनेर अनशन स्थगित गरेको बताए ।
मेडिकल माफियाविरुद्धको आन्दोलन जारी रहेको भन्दै उनले माथेमा प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन नबनाए पुनः अनशन बस्ने पनि बताए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा सत्याग्रह स्थगित गरिएपनि ऐन बनाउने क्रममा तोडमोड गरिए फेरि अनशनमा उत्रने चेतावनी दिइएको छ ।
अनशन स्थगित गरेलगत्तै डा. केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालकै आइसीयुमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्