
स्वास्थ्य सेवा विभागले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका ३७ घर–परिवारमा झापापखाला देखिएको र अन्यत्र कुनैपनि समस्या नदेखिएको बताएको हो ।
सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले पानीको सतह घट्दै गएपछिमात्र सरुवारोगको संक्रममण बढ्ने खतरा हुने भन्दै त्यस्तो अवस्थालाई नियन्त्रण गर्न तयारी भइसकेको बताए ।
महामारीको खतरा हुन नदिन २ नम्बर प्रदेशबाहेक अन्यत्र सबै स्थानीय तहमा डेढदेखि ५ लाख रुपैयाँसम्म औषधि खरिदका लागि रकम पठाइसकेको पनि उनले जानकारी दिए ।
बाढी प्रभावित जिल्लाहरुमा पाँचओटा सेन्टर बनाएर उपचार प्रणालीसमेत सुरु गरेको र केन्द्रबाट १५ जना चिकित्सकहरु पठाएको पनि विभागले जनाएको छ ।
पत्रकार सम्मेलनमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आर्चायले खानेपानी शुद्धीकरणका लागि बाढी प्रभावित क्षेत्रमा २५ हजार क्लोरिन ट्याबलेट वितरण गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्