
भारतले नेपालबाट आयात गर्ने सबै खाद्य वस्तुमा सिएफएल प्रणाली लागू गरेपछि नेपाली किसान मारमा परेका हुन् । नेपाली खाद्य बस्तु एकपटक सिएफएल प्रमाणित गर्न ६८ हजार र मासिक नवीकरण गर्न १८ हजार भारतीय रुपियाँ तिर्नुपर्ने हुन्छ ।
यति धेरै रकम तिरेर भारतसँग व्यापार गर्न गाह्रो भएको कृषकको गुनासो छ ।
अदुवाको यो सिजन माउ निकाल्ने समय हो । कृषक धमाधम माउ निकल्नमा व्यस्त छन् । तर अदुवा बिक्री नहुँदा केहीले निकालेकै छैनन् भने जमिनबाट निकालिएका अदुवा पनि बिक्री नहुँदा सुक्न थालेको छ ।
समयमा बिक्री नभएमा कुहिएर नष्ट हुने भएकाले कृषकमा चिन्ता बढेको हो । निकासीमा समस्या भएपछि व्यापारीहरु पनि अदुवा संकलन गर्ने÷नगर्ने अन्योलमा छन् ।
यस बर्ष समस्या बढेको भएपनि यो ब्यथा आफूहरुले वषौँदेखि खेप्दै आएको अदुवा कृषक बताउँछन् । गत साल पनि भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाई निर्यातमा रोक लगाएको थियो ।
निर्यात रोकिएपपछि भारत पठाउन तयार पारिएको सात हजार दुई सय मेट्रिक टन अदुवा पूर्वका बिभिन्न स्थानमा अलपत्र परेको छ ।
प्रतिक्रिया दिनुहोस्