
उद्घाटन खेलमा श्रीलंकालाई पराजित गर्दै बंगलादेशले विजयी सुरुआत गरेको छ । बंगलादेशले श्रीलंकालाई ४–० ले हराएको हो ।
बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ वर्षमुनिको फुटबल टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ ।
यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्