२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी


0
Shares

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाले आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने र त्यसपछि विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

विधेयक संशोधनको माग गर्दै डा. गोविन्द केसी अनसन बसिरहे पनि प्रतिनिधिसभाले आजै सो विधेयक पारित गर्ने तयारी गरेको हो ।

सत्तापक्षले कार्यसूचीअनुसार नै विधेयक पारित गर्ने रणनीति बनाएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्ने तयारी गरेको छ ।

कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाउने तयारी गरेको छ ।