Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सुनको भाउमा २०० ले वृद्धि


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।