
फिदिम नगरपालिकादेखि साविक प्राङ्बुङेको लुदिनटारसम्मको ३९ किलोमिटर सडक कालोपत्रे गर्न एडिबीको सहयोगमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ वरावरको टेण्डर आह्वान भएको हो ।
टेन्डर आह्वानका लागि ३५ दिने सूचना जारी भइसकेको र अब प्राविधिक लागत अनुमानको काम हुने जिल्ला समन्वय समितिले जनाएको छ ।
स्थानीय विकास मन्त्रालयअन्तर्गतको ग्रामीण पहुँच सुधार कार्यक्रमअन्र्तगत यो आयोजना सफल भएमा जिल्लाको नागिन याङ्नाम, सिदिन, प्राङ्वुङ र मेमेङको फालोटका स्थानीय लाभान्वित हुनेछन् ।
अहिले फिदिमदेखि नागिनको सल्लेरीसम्म १० किलोमिटर बाटो ग्राभेल भइरहेको जिल्ला समन्वय समिति पाँचथरका इन्जिनियर प्रेम काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्