
मृत्यु हुनेमा रुपन्देही पर्रोहा नगरपालिकाकाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरी छन् ।
थापाले चलाएको लु२३प १०२८ नम्बरको र चौधरीले चलाएको लु३३प ७०८३ नम्बरको मोटरसाइकल बिहीबार (आज) दिउँसो एकापसमा ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घटनामा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव गम्भीर घाइते भएका छन् । घाइतको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्