३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


६ महिनामा ५३ प्रतिशत मुद्दा फर्स्योट


0
Shares

धनकुटा, माघ ६ । उच्च अदालत विराटनगरको धनकुटा इजलासले चालू आर्थिक वर्षको ६ महिनामा ५३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । अदालतले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को जिम्मेवारी सरेर आएका ७४ र चालू आर्थिक वर्ष २०७५/७६ मा नयाँ दर्ता भएका गरी कुल २७५ मुद्दामध्ये १४५ वटा मुद्दा फर्स्योट गरेको हो ।

अब १३० वटा मुद्दा फैसला हुन बाँकी रहेको धनकुटा इजलासका मुख्य न्यायाधीश विनोद शर्माले जानकारी दिए । अदालतमा ६ महिनाभित्र दर्ता भएका ११७ वटा मुद्दा छन् । ६ महिनादेखि ९ महिनाभित्रका ९ वटा र ९ महिनादेखि १ बर्षसम्मका ४ वटा मुद्दा फैसला हुन बाँकी छ ।

अदालतमा एक वर्ष पहिले दर्ता भएका सबै मुद्दा फर्स्योट भएको जनाइएको छ ।