Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


बालुवा बोकेर आइरहेका दश वटा ट्रयाक्टर नियन्त्रणमा


0
Shares

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको नेतृत्वमा गएको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धनचौरीस्थित खुटिया खोलाबाट ट्रयाक्टरमा बालुवा लोड गरेर धनगढी ल्याउँदैै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

जिल्लाका विभिन्न खोलानालाबाट अबैध रुपमा दैनिक सयभन्दा बढी ट्रयाक्टरले नदीजन्य पदार्थ उठाउने गरेका छन् ।

दैनिक १० देखि १५ ट्रयाक्टरले बालुवा ओसारिरहेको आरोप स्थानीयको छ ।

जिल्ला समन्वय समिति कैलालीले साउन र भदौं महिनामा नदीजन्य पदार्थको ओसारपसारमा रोक लगाए पनि अवैध रुपमा चोरी गरी ढुंगा, गिट्टी र बालुवा निकासी भइरहेको छ ।