
नवीन सिंह (इमेज)
जनकपुर, माघ ५ । जनकपुर उपमहानगरपालिका–१२, कुवारामपुरमा करेन्ट लागेर शनिबार मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको विष्णपुरा गाउँपालिका–४ का जगरनाथ साह र धनुषाको मिथिला विहारी नगरपालिका–३ का प्रमेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार जगरनाथ सडकमा चिप्लिएर बिजुलीको पोलमा पुगेका थिए ।
बिजुलीको पोललाई अड्याउन जमिनमा गाडीएको तारबाट उनलाई करेन्ट लागेको थियो ।
उनलाई बचाउन गएका मोटरसाइकलचालक प्रमेश्वरलाई पनि करेन्ट लागेको थियो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्