३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


‘अशान्ति भएको ठाउँमा समृद्धि आउन सक्दैन’


0
Shares

काठमाडौं, माघ ५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने बताएका छन् ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले श्री ब्रम्हबाबाको ५०औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अशान्ति भएको ठाउँमा समृद्धि आउन नसक्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले एउटै धर्ममा पनि फरक–फरक सम्प्रदाय मान्ने मानिस रहेको बताउँदै धर्मका नाममा सम्प्रदाय–सम्प्रदायबीच हिंसा बढ्नु समृिद्धको बाधक हुने उल्लेख गरे ।

कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजदिदीले हरेक व्यक्तिमा सकारात्मक सोच आउनसकेमात्र पनि मुलुकको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।