
काठमाडौं, माघ ५ । काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगोलागी भएको छ ।
शनिबार दिउँसो कोषको मुख्य कार्यालयसँगै रहेको ‘डी ब्लक’को पहिलो तलामा आगोलागी भएको हो ।
आगोलागीबाट कार्यालयमा रहेका फर्निचर, कम्प्युटर र कागजपत्र जलेका छन् ।
कोषका प्रमुख व्यवस्थापक सुशीलकुमार अर्यालको कार्यकक्षबाट आगोलागी सुरु भएको थियो ।
आगोलागी नियन्त्रणका लागि दुईओटा दमकल प्रयोग गरिएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भइ आगोलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्