Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भृकुटीमण्डपमा आजबाट नाडा शो सुरु, प्रदर्शनीमा १ सय ३० वटा स्टल


0
Shares

नाडा अटो मोवाइल्स् एशोसिएशनले आयोजना गरेको १२ औं संस्करणको नाडा अटोमा विभिन्न गाडी राखिएका छन् ।

देशभर अटोमोवाइल व्यवसाय गर्ने व्यवसायीको छाता संगठनले भदौ १८ गतेसम्म आयोजना गर्ने मेलामा ४१ ब्राण्डले भाग लिएका छन् ।

जस्मा ९० वटा कम्पनी सहभागी छन् । हुण्डाई, टाटा, फोर्ड, होण्डा, महिन्द्रा, टोयोटा, सुजुकीलगायतका व्राण्डको सहभागिता रहेको हो ।

त्यस्तै बजाज, यामाहा, हिरो होण्डा, टिभिएस लगायतका दुई पांग्रे र टाटा, अशोक, महिन्द्रालगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

त्यस्तै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्ट, टायर, व्याट्रीलगायतका साधनको स्टल राखिएको छ ।

नाडा अटो शो वर्षेनी दशंै अघि हुने गर्दछ । दशैं तिहारलाई गाडी बिक्रीको मूख्य सिजन मानिन्छ । दशैं आउनुअघि मेला गर्दा बिक्री बढाउन सकिने आयोजकको भनाई छ ।

मेलामा करीब ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको दावी छ । प्रदर्शनीमा आयातित मात्र नभएर नेपालमै उत्पादित सामग्री राखिएका छन् ।

प्रदर्शनीमा १ सय ३० वटा स्टल छन् । मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलव्ध गराइने आयोजकले जनाएका छन् ।

nada2