Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बाढीपीडितका लागि मोरङमा २९ लाख निकासा


0
Shares

एक महिनासम्मका लागि प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ उपलब्ध गराउने सरकारले गरेको निर्णयअनुुसार मोरङमा पेस्कीस्वरुप २९ लाख रुपैयाँ निकासा भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले पत्रकार सम्मेलन गर्दै नगर र गाउँपालिका गरी पाँचओटा तहमा वितरणका लागि उक्त रकम पठाइसकिएको जनाएको छ ।

पहिलो चरणमा एक हजार ३२९ जनालाई महिनाको २१ सय रुपैयाँका दरले वितरणका लागि रकम निकासा गरिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढीपीडितका लागि २ करोड ३५ लाख ८५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको छ ।

असारको अन्तिम साता आएको बाढीले जिल्लाका ३ हजार ८८० परिवारका १६ हजार ८७९ सदस्य विस्थापित भएका थिए । जसमा १६ जनाको मृत्यु भएको थियो भने पाँचजना अझै हराइरहेका छन् ।