३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


डा. केसीको समर्थनमा पाँचथरमा र्‍याली


0
Shares

पाँचथर, माघ ४ । १६औंपटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न दबाब दिँदै शुक्रबार पाँचथरको फिदिममा र्‍याली  निकालिएको छ ।

स्थानीय युवाहरुको महाअभियानअन्तर्गत् फिदिमको जिल्ला अस्पताल पाँचथरको गेटबाट निकालिएको उक्त र्‍यालीले बजार परिक्रमा गरी गणतन्त्रचोकमा कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्ने वक्ताले माग जायज भएकै कारण डा. केसीसँग सरकारले बारम्बार सम्झौता गरिसकेकाले माग पूरा गर्नुपर्ने बताएका थिए ।