
काठमाडौं, माघ ४ । विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई बिहीबार न्यायपरिषदमा झिकाइएपछि रिक्त भएको स्थानमा न्यायाधीशहरु पठाइएको छ ।
उच्च अदालत विराटनगर पठाइएका न्यायाधीशहरुमा महेश शर्मा पौड्याल, शेखर पौडेल, लेखनाथ घिमिरे, रामप्रसाद अधिकारी छन् ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले विराटनगर उच्च अदालतका पाँच न्यायाधीश नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याललाई न्यायपरिषद सचिवालयमा झिकाइएको र रिक्त स्थानमा न्यायाधीश पठाइएको जानकारी दिए ।
न्यायपरिषद सचिवालयमा झिकाइएका न्यायाधीशले सनम शाक्य हत्याकान्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपीबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उल्ट्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्