
सिन्धुली, माघ ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक विद्यालयका शिक्षकले राजनीतिक पार्टीको सदस्यता त्याग्नुपर्ने बताएका छन् ।
शुक्रबार सिन्धुलीमा कमला माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षा विकासको ठूलो पूर्वाधार भएकाले यसलाई राजनीतिक आस्थाबाट अलग राख्नुपर्ने धारणा राखे ।
पढाउन असक्षम शिक्षकहरु कदापि शिक्षक बन्न नसक्ने बताउँदै योग्य शिक्षकलेमात्र विद्यालयलाई सुधार गर्ने उनको भनाइ थियो ।
दुधौली नगरपालिकास्थित विद्यालय करिब ११ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्