Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कारागार भवन नहुँदा कैदीबन्दी राख्न समस्या


0
Shares

कारागार भवन नहुँदा कैदीबन्दीलाई राख्न नै समस्या भएको हो । यहाँका कैदीबन्दीलाई तत्कालै स्थानान्तरण गरेर पठाउनुपर्ने बाध्यता छ ।

छोटो समयका लागि पुरुष थुनुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्ने गरिए पनि महिलालाई राख्ने बेग्लै कोठाको अभाव छ ।

यसअघि साविकको कारागार भवन छँदा ३ सय जनासम्म कैदीबन्दीलाई राख्ने गरिएको थियो ।

तर अहिले भवन नभएकाले केही थुनुवा जिल्ला प्रहरीको थुनामा राख्ने गरिए पनि बढी हुनासाथ रामेछाप, काभ्रेको धुलिखेल, मकवानपुरको भिमफेदी, काठमाडौं, पर्साको वीरगञ्ज लगायतका कारागारमा स्थानान्तरण गरिँदै आएको कारागारका सूचना अधिकारी टिका दाहालले जानकारी दिए ।

भूकम्पका बेला यो कारागारबाट फरार भएकामध्ये १ सय ११ जना कैदीबन्दी अहिलेसम्म सम्पर्कमा आइसकेका छन् ।

बाँकी १ सय ५ जना अझै फरार रहेकाले उनीहरुको खोजी जारी रहेको कारागार प्रशासनले जनाएको छ । फरारमध्ये ११ जना चिनियाँ नागरिक र दुई जना भारतीय नागरिकसमेत छन् ।