
नरेन्द्र मानन्धर (इमेज)
काठमाडौं, माघ ३ । सरकारले सशस्त्र प्रहरीको पुनःसंरचनाअन्तर्गत् संगठनका बाहिनीदेखि गुल्मसम्मको नाम परिवर्तन गर्ने निर्णय भएको जनाएको छ ।
पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार राष्ट्रिय योजना आयोगमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका ८ ओटा बाहिनी, ३६ ओटा गण र ५६ ओटा गुल्मका विभिन्न देवदेवीहरुका नाम परिवर्तन गरी नम्बर दिने निर्णय भएको जानकारी दिइयो ।
‘नेपाली सेना र नेपाल प्रहरीमा पनि नाम परिवर्तनको तयारी छ कि ?’ भन्ने पत्रकारको जिज्ञासामा गृह प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा निर्णय भइनसकेको र सेनाको विषयमा आफूलाई थाहा नभएको बताए ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गएको पुस २९ गतेको मन्त्रिपरिषद बैठकले गरेका १३ ओटा निर्णयबारे जानकारी दिए ।
रेल किन्न सैद्धान्तिक स्वीकृति
जसअनुसार सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय
१६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ ।
यस्तै, आगामी चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्ने निर्णयसमेत गरिएको छ ।
‘टुटल’ र ‘पठाओ’प्रति सरकार नकरात्मक छैन’
पत्रकार सम्मेलनमा सन्चारमन्त्री बाँस्कोटाले मोटरसाइकलमा यात्री बोक्ने ‘टुटल’ र ‘पठाओ’प्रति सरकार नकरात्मक नरहेको भन्दै ती संस्थाहरुलाई कानुनी दायरामा ल्याउने र जोखिम न्यूनीकरणको प्रयास भएको तर्क गरे ।
विज्ञप्ति पढ्नोस्
प्रतिक्रिया दिनुहोस्