Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ


0
Shares

कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर–५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

उनकाअनुसार सार्वजनिक अपराधमा संलग्न भइ लुकीछिपी बसेका पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर–१२ लालीगुराँस टोल बस्ने ललित गुरुङ, लागुऔषध मुद्दाअन्तर्गत् तीन महिला ६ दिन कैद र पाँच हजार जरिवाना तोकिएका पोखरा–६ का विवेक तामाङ र चोरी मुद्दामा दुई दिन कैद र रु २० हजार ७५ बिगो तोकिएका पोखरा–९ का अभियुक्त शुभम गुरुङलाई पनि पक्राउ गरिएको हो । रासस