२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


मतदातालाई आतंकित पार्न विद्यालय अगाडि बम, सेनाको टोलीद्वारा निस्क्रिय


0
Shares

जनज्योति माध्यमिक विद्यालय अगाडि झोलाभित्र राखिएको अवस्थामा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाको नवलपुरस्थित रणशेर गण, पाँचकुमारीबाट खटिएको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

जनमानसमा त्रास फैलाउने उद्देश्यले जीआइ पाइपमा तार बेरेर बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थ राखिएको अवस्थामा झोला फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

बम कसले राखेको हो भन्ने प्रष्ट भएको छैन । प्रहरीले बम राख्ने व्यक्तिको खोजी भइरहेको र अनुसन्धान सुरु गरिएको जनाएको छ ।