२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


अष्ट्रेलिया पठाउने भन्दै १ करोड २५ लाख ठग्ने तीनजना विदेशी पक्राउ


0
Shares

पक्राउ पर्नेमा मलेशियन नागरिक रामदास बस्कारादास र धमलिङगम तथा अष्ट्रेलियाका रविन्द्र रहेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले अष्ट्रेलिया पठाइ दिने भन्दै एक करोड २५ लाख ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

काठमाडौंस्थित आईएफपी एजुकेशन कन्सल्टेन्सीमार्फत ११ जना नेपालीलाई ‘आईएलटीएस’ विना नै अष्ट्रेलिया अध्ययनका लागि पठाइदिने भन्दै उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरुलाई रविन्द्रको अष्ट्रेलियामा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको पाइएको पनि प्रहरीले बताएको छ ।