Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने


0
Shares

यही शुक्रबार राष्ट्रिय सभा गृहमा उक्त कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

२ बजे शुरु हुने अभिनन्दन कार्यक्रम अघि १ बजे वसन्तपुरमा भेला भई सो स्थानबाट बाजागाजा तथा झाँकीसहित वाङमय शताब्दी पुरुष जोशीलाई बग्गीमा राखी सभा गृहसम्म शोभायात्रा गरिने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सभागृहमा भने नेवार समुदायका विभिन्न जातीय संघसंस्थाहरु, सांस्कृतिक संघसंस्थाहरुका साथ समग्र नेवार समुदायले संयुक्त सम्मान पत्र हस्तान्तरण गर्ने बताइएको छ ।

समाजसेवी लक्ष्मीदास मानन्धरको संयोजकत्वमा नेवाः जागरण मञ्चको संयोजनमा यो अभिनन्दन समारोह आयोजना हुँदैछ ।

नेपालभाषा र नेपालभाषामा भाषा, साहित्य, लोकसंस्कृति, कला आदि वाङमयमा अतूलनीय योगदान पुर्‍याउँदै आएका जोशीलाई हालै नेपाल सरकारले वाङमय शताब्दी पुरुषको उपाधिबाट सम्मानित गरेको छ भने काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधी उपाधिले सम्मान गरेको थियो ।

नेपाली लोकसंस्कृतिको सामाजिक एवं दार्शनिक महत्व उजागर गर्ने, कर्णाली क्षेत्रको संस्कृति प्रचारमा ल्याउनु, चीनमा विख्यात भइकन पनि नेपालमा चर्चा हराएका राष्ट्रिय विभूति अरनिको पुर्नपरिचय गराएको कृति श्वेतचैत्य, नेपाली मुद्रको ऐतिहासिक महत्व, नाटक प्रवद्र्धनका लागि राष्ट्रिय नाटक महोत्सव आयोजना, राष्ट्रिय नाचघर, नेपालभाषा एकेडेमी स्थापनाका साथै अनगिन्ती कर्मले उच्च बनेको ब्यक्तित्व जोशीको पछिल्लो समय “नेपाली कलाको रुपरेखा” प्रकाशित भएको छ ।

उनको २ वटा महाकाब्य र ५ वटा पूर्णाङ्की नाटक प्रकाशित भइसकेका छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वि.सं. २०१४ साल, २०१८ साल र २०२४ सालमा प्रतिष्ठित मदन पुरस्कार जितिसकेका छन् ।

Skip This