
काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्ष समेत हुन् ।
जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा ११ महिना कैद सजाय र रु एक हजार जरिवाना र २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र रु ५० जरिवाना तोकेको थियो ।
दुबै अपराधमा गरी उनले कूल एक वर्ष ११ महिना कैद सजाय र रु एक हजार ५० जरिवाना भर्नुपर्ने इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।
पाण्डेलाई आजै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको हो । रासस
प्रतिक्रिया दिनुहोस्