Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


नेपाली बालिकालाई भारतको बेश्यालय पुर्‍याउने राई पक्राउ


0
Shares

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ ।

राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुर्‍याई जबरर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ । 

ब्यूरोको टोलीले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

अभियुक्तले नेपालको सीमा पार गराई भारतीय बेश्यालयमा पुर्‍याउने र प्रत्येकलाई नेपाली रु छ लाखसम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।