२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


११ वर्षदेखि फरार अभियुक्त पक्राउ


0
Shares

साबिक मेलम्ची गाविस–७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दोषी पाण्डेले सरकारी छाप दुरुपयोग गरी कीर्ते दस्तखत गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले २०६३ सालमा जाहेरी दिएपछि अदालतले एक वर्ष कैद र रु ५० जरिवाना गर्ने भनी २०६४ साल माघ १५ गते फैसला गरेको थियो ।

त्यसैगरी, कीर्ते नागरिकता तथा राहदानी बनाएको आरोपमा जिप्रकाले २०६३ सालमा छुट्टै जाहेरी गरेको थियो ।

सो मुद्दामा अदालतले ११ महिना कैद तथा रु एक हजार जरिवाना गर्ने भनी २०६४ साल वैशाख १३ गते फैसला गरेको थियो ।

पाण्डेलाई दुवै मुद्दामा २०७६ साउन २८ गतेसम्म कैद तोकिएको छ । रासस