२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


फ्रान्समा बेकरी पसलमा भयानक विस्फोट, चारजनाको मृत्यु, २० बढी घाइते


0
Shares

काठमाडौं, पुस २८ । फ्रान्सको राजधानी प्यारिसस्थित एउटा बेकरी पसलमा शनिबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुईजना अग्निनियन्त्रकसमेत छन् । कम्तीमा २० जना घाइते भएका छन् ।

विस्फोटबाट पसलनजिकका भवन र सवारी–साधन ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

ग्यास लिक भएर विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्यारिसमा सरकारविरोधी प्रदर्शन जारी रहेपनि विस्फोटमा उनीहरुको संलग्नता भने नभएको विश्वास गरिएको छ । (एजेन्सी)