अभ्यासकाक्रममा भारतमा रहेको नेपालले शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनको फराकिलो अन्तरले हरायो ।
मुरुगाप्पा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ५ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । शरद भेषावकरले १०० रन बनाएको इनिङ्समा सागर पुनले ७७ तथा दीपेन्द्रसिंह ऐरीले ७३ रन जोडे ।
जवाफमा तमिलनाडुले ४५ ओभर ३ बल क्रिजमा टिकेर १६४ रनमात्र बनाउन सक्यो ।
चार खेलाडीलेमात्र दोहोरो अंक जोडेको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा सन्दीप लामिछानेले ३ तथा करण केसी र सुशील कँणेलले समान २/२ विकेट लिए ।
अभ्यासको अन्तिम खेल नेपालले सोमबार खेल्नेछ । यसअघिका दुवै खेल नेपालले जितेको थियो ।
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँग उसकै मैदानमा असोज २७ र २९ गते खेल्नेछ ।
अर्को चरण प्रवेशको सम्भावना जीवितै राख्न नेपालले हङकङलाई हराउनैपर्ने चुनौती रहेको छ ।









प्रतिक्रिया दिनुहोस्