Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


मोरङ–११ लाई पाखा लगाउँदै ब्वाइज युनाइटेड फाइनलमा


0
Shares

आज भएको खेलमा मोरङलाई ४–० गोल अन्तरले हराउँदै ब्वाइजले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको १० औं मिनेटमा अरुण श्रेष्ठले पहिलो गोल गर्दै व्वाइजलाई अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा र दोस्रो हाफमा १७ औं मिनेटमा ब्वाइजका लागि विदेशी खेलाडी अलिवा मेसीले २ गोल गरे । दोस्रो हाफको १४ औं मिनेटमा ब्वाइजका अर्का विदेशी खेलाडी अजय मार्टिन केले गोल गर्दै जितलाई सुनिश्चित गरे ।

खेलमा दुई गोल गरेका ब्वाइजका अजय मार्टिन के म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए । अन्तिम खेल सोमबार हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफबीच हुँदैछ ।