२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ज्वाइँको खुकुरी प्रहारबाट सासू-ससुरा गम्भीर घाइते


0
Shares

फुङलिङ नगरपालिका–७ का ५० वर्षीय बिर्ख पालुङ्वा र उनकी श्रीमती ५१ वर्षीया भगिरथा पालुङ्वालाई ज्वाइँ २५ वर्षीय अञ्जान मगरले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट दुवैजनाको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

एउटै घरमा बस्दै आएका मगरले अत्याधिक मदिरा सेवन गरी आइतबार राति खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

घाइते दुवैको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापाको बीएन्डसी अस्पताल ‘रेफर’ गरिएको छ ।

घटनापछि ज्वाइँ मगर फरार रहेका र खोजीकार्य भइरहेको बस्नेतले बताए ।