सदरमुकाम बेसीशहरका विभिन्न स्थानबाट मदिरा र मदिरा बनाउने कच्चा पदार्थ जफत गरि नष्ट गरिएको हो ।
चाडपर्वलाई मध्यनजर राख्दै जिल्लामा अवैध रुपले सञ्चालित घरेलु मदिरा भट्टीहरुमा विशेष निगरानी बढाइएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए ।
गस्तीका क्रममा बरामद गरिएको मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।
मदिराकै कारण कतिपय घरझगडा हुने र सामाजमा अशान्ति कायम हुने भन्दै घरेलु मदिराजन्य पदार्थ बिक्री वितरण रोक्न विशेष निगरानी बढाइएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्