
दशैंमा टिका लगाएपछि एक पटक लिंगे पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । तर पछिल्लो समय लिंगे पिङ नै लोप हुन थालेपछि बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
अहिले गाउँ शहर सबैतिर दशैंले छप्पकै छोपिसकेको छ । यही रौनकतामा लिंगे पिङ भए अझ बढी हर्षोउल्लास छाउने बुढापाकाहरु बताउँछन् ।
पछिल्ला वर्षहरुमा गाउँ घरमा लिंगे पिङ नै हराउँदै जाने होकी भन्नेहरु धेरै छन् । युवा पुस्ता विदेशिने क्रम बढेसँगै गाउँ घरमा लिंगे पिङ हाल्न छाडिएको हो ।
यसको संरक्षणमा ध्यान नदिए लिंगे पिङ लोप भएर जाने भन्दै बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् । सर्लाहीमा अहिले लिंगे पिङ देख्न निकै मुस्किल पर्छ ।
केही वर्ष अघिसम्म दशैं आउने बित्तिकै सार्वजनिक स्थलहरुमा लिंगे पिङ हालिथ्यो । तर अहिले त्यस्तो छैन् । यसले दशैं त्यती रमाइलो हुन नसकेको सर्वसाधारणको भनाई छ ।
लिंगे पिङ नेपालीहरुको एक संँस्कृति भएकाले यसको संरक्षणमा सबैले चासो दिने बेला आएको छ । होइन भने पुरानो पुस्तासँगै लिँगे पिङ पनि अस्ताउँदै जाने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्