३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


तनहुँमा बस दुर्घटना, १३ यात्री घाइते


0
Shares

काठमाडौंबाट स्याङ्जा जाँदै गरेको ना५ख ९१४० नम्बरको बस दुर्घटना हुँदा १३ यात्री घाइते भएका हुन् ।

घाइतेमध्ये गम्भीर रहेका काठमाडौं महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । रासस