२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु


0
Shares

कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको पाडाजुंगी सडकखन्डमा साँझ ६ बजेतिर मे४प ३५२४ नम्बरको स्कुटर र को१५प ८४३३ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा मोटरसाइकल र स्कुटरका दुवै चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दमक–९ का २५ वर्षीय राजन खड्का र स्कुटर चालक दमक–५ का २८ वर्षीय सुनिल सुवेदी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि दमक ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा स्कुटरमा सवार दमक–६ का २७ वर्षीय सुवास निरौलाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ । रासस