११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


चीनले उत्तर कोरियाली कम्पनीहरु बन्द गर्ने, कोरियालाई थप संकट


0
Shares

परमाणु अस्त्र विकास गरेको भन्दै चीनले उत्तर कोरियाली कम्पनीहरु आगामी जनवरीभित्रै बन्द गर्ने जनाएको हो ।

चीनको वाणिज्य मन्त्रालयले चीन र उत्तर कोरियाले संयुक्त रुपमा सञ्चालन गरेका कम्पनीहरुसमेत बन्द गरिने बताएको छ ।

चीनको यो निर्णयका कारण उत्तर कोरियालाई थप आर्थिक संकट आइलाग्ने बताइएको छ ।

यसअघि चीनले उत्तर कोरियाबाट गरिने कोइला, समुद्री खानेकुरा र कपडालगायतका सामान आयातमा प्रतिबन्ध लगाएको थियो भने तेल आयातमा पनि कटौती गरेको थियो । यसबाट पनि उत्तर कोरियालाई ठूलो आर्थिक कठिनाई उत्पन्न भएको बताइएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सेप्टेम्बर ११ मा बसेको बैठकले उत्तर कोरियाले गरेको छैठौं र सबभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षणका लागि सर्वसम्मतिका साथ थप प्रतिबन्धहरु लगाएको थियो ।

अघिल्लो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्दै सो सम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । (एजेन्सी)