२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलाम बजारमा पार्किङको अभाव, सडकमै पार्किङ गर्दा दुर्घटनाको खतरा (भिडियो)


0
Shares

त्यसमाथि बाटोको दुवै किनारामा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको सम्भावना समेत बढेको छ ।

इलाम सदरमुकाममा व्यवस्थित पार्किङ्ग स्थल नहँुदा मानिसहरु सडकका दाँया र बाँया दुवै किनारामा सवारी साधन पार्किङ्ग गर्न वाध्य छन् ।

२०४० सालमा बर्सपार्क बनेपनि बसपार्कको क्षमता कम भएका कारण स्थानीयहरु सडकका दुई तर्फ पार्किङ्ग गर्न बाध्य भएका हुन् ।

विगत लामो समय देखिको पार्किङ्ग समस्यालाई समाधान गर्न इलाम नगरपालिका–९ शेरामा बसपार्क निर्माण कार्य सुरु गरेको ७ वर्ष बितिसक्दा समेत कार्य समापन नभएकाले समस्या अझै जटिल बन्दै गएको छ ।

शहरी बिकास तथा भबन निर्माण डिभिजन कार्यालय इलामका अनुसार हाल निर्माणाधिन बसपर्कमा कम्पाउन्ड, नाली, चौकिदार आवश गृह, पानी ट्याङ्की, दुईतर्फी प्रबेश निकाश मार्ग, बस बिसौनीमा पक्की गर्ने जस्ता काम सम्पन्न भइसकेको छ ।

यहाँ अहिले भईरहेको काम सम्पन्न हुँदा टर्मिनल भवन तथा पाकिङ क्षेत्र बेबस्थित हुने समेत कार्यालयका इन्जिनियर सुदिप पौडेल बताउँछन् ।

यता यो बस पार्क निर्माण सम्पन्न भए पछी ट्राफिक बेबस्थापन मा सहजता आउनुका साथै शहर पनि सफा देखिने स्थानीय दीपेन्द्र चापागाई बताउँछन् ।

यो बसपर्क निर्माण गर्न नगरपालिकाको पहलमा स्थानिय मानबहादुर खड्गी, कृष्ण दाहाल र शिव गौतलले निशुल्क जग्गा उपलब्ध गराएपछि आर्थिक बर्ष २०६८।६९ बाट यहाँ काम सुरु भएको थियो ।

सदरमुकाममा रहेको पुरानो बसपार्कको २० बटा सवारी साधन पार्किङ्ग गर्ने क्षमता भएको बताइएपनि हाल दैनिक ६० वटाको हाराहारीमा सवारी राख्ने गरिएको छ ।

बसपार्क र बजार क्षेत्रको सडक सागुरो हुँदा आफुहरुलाई समस्या भएको गाडी चालक सागर खड्का बताउँछन् ।

इलाम बजारमा रहेका कुनै पनि घरमा व्यवस्थित पार्किङ्ग स्थल नभएका कारण पनि यस्तो अवस्था सृजना भएको हो ।

यो समस्याका कारण बजारमा हिड्ने पैदल यात्री, बालबालिका, वृद्धवृद्धा र स्वयम् सवारी चालकहरु पनि समस्यामा परेको गुनासो गर्छन् ।