२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन् ।

पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ ।

असोज १ गते ढुंगानालाई उनीहरुसहित चार÷पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल छर्कनुका साथै छ बुँदे पम्प्लेट छरेर गएका थिए ।

अन्य व्यक्तिको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।