२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दर्शक विनाको बन्द रंगशालामा खेल खेलेपछि बार्सिलोना क्लबमा हंगामा


0
Shares

जनमत संग्रहको पक्षमा अभिब्यक्ती दिएका बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीका डिफेन्डर जेरार्ड पिके अप्ठ्यारोमा परेका छन् ।

गत आईतवार भएको लास पाल्मास विरुद्धको खेलपछि जनमत संग्रहको पक्षमा अभिब्यक्ती दिएका पिकेले आवश्यक परे स्पेनिस राष्ट्रिय फुटबल टोली छाड्न तयार रहेको बताएका छन् ।

पिकेले खेलपूर्व आफुले जनमत संग्रहमा मतदान गरेको समेत जानकारी दिए ।

जनतम संग्रहका कारण ठाँउ ठाँउमा झडप भएपछि बार्सीलोनाले लास पाल्मास विरुद्धको लिग खेल सार्न अनुरोध गरेको थियो ।

तर आफ्नो अनुरोध अस्विकार गरिएपछि विरोधस्वरुप बार्सीलोनाले उक्त खेल बिना कुनै दर्शकको उपस्थितीमा बन्द ढोकाभित्र खाली रंगशालामा खेलेको थियो ।

बार्सिलोनाको यही निर्णयका कारण क्लवका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ पनि दबाबमा परेका छन् ।

खाली रंगशालामा खेल्ने निर्णय आफ्नो करियरकै सबैभन्दा कठिन निर्णय भएको भन्दै उनले निर्णय प्रतिरक्षा समेत गरेका छन् ।

यही निर्णयको विरोधमा बार्सिलोना क्लवका दुई जना बोर्ड सदस्यहरु उपाध्यक्ष कार्लस भिलारुबी र योर्डी मोनेसले पदबाट राजिनामा नैं दिएका छन् ।