१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


ओलीले भने–‘कांग्रेसको औचित्य सकियो, कवाडी भयो’ (भिडियोसहित)


0
Shares

ललितपुर एमालेले बुधबार पाटनमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले कांग्रेसलाई कामै नलाग्ने कवाडीको संज्ञा दिए ।

कांग्रेस सिद्धान्त, विचार, आर्दशविहीन र कुनै योजनासमेत नभएको पार्टीमा परिणत भइसकेको भन्दै उनले ‘सरकार म्यानपावर कम्पनीजस्तो दलाल देखिएको’ आरोपसमेत लगाए ।

माओवादी केन्द्र पनि सूर्य चिह्नमा नै चुनाव लड्ने कुरा मंगलबार (हिजो) अन्तिम अवस्थामा बिग्रिएको भन्दै निर्वाचनसम्ममा सूर्यबाटै चुनाव लड्ने ओलीको दाबी थियो ।

एमालेको नेतृत्वमा बाम एकता सुरु भएकाले अब राष्ट्र निर्माणको अभियानलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।

ओलीले आगामी निर्वाचनमा एमाले–माओवादी गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने र पाँच वर्षसम्म स्थीर सरकार चलाउने दाबी पनि गरे ।

भिडियो हेर्नुहोस्