२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कालीगण्डकीले बगाएर एक बालिका बेपत्ता


0
Shares

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर बेनपा–२ की १२ वर्षीया कृष्ट्रिना थापा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रातोपानीस्थित कालीगण्डकी किनारमा रहेको तातोपानीमा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

थापाको खोजीका लागि भुरुङ तातोपानी, गलेश्वर र कालीपुल बसपार्कस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन भएपनि शनिबार साँझसम्म पनि भेट्टाउन सकिएको छैन । फुपूको घरमा गएकी थापा नुहाउन कालीगण्डकी किनारमा गएकी थिइन् । रासस