२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एएफसी एसियन कप फुटबलमा आज नेपालले ताजकिस्तानसँग खेल्ने


0
Shares

ताजकिस्तानको डुसान्बेमा हुने खेल जित्नैपर्ने दबाब नेपाल सामु छ ।

समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपाललाई एसियन कपमा छनौट हुने अंक गणितिय संभावना जिवित राख्न पनि यो खेल जित्नुपर्नेछ ।

तर ताजकिस्तान विरुद्धको खेल नेपालको लागि सहज भने हुनेछैन । यसअघि गत भदौं २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

एसियन कप छनौटको समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।

नेपाल रहेको समूहमा फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा रहँदा ५ अंकसहित यमन दोस्रो तथा ३ अंकसहित ताजिकिस्तान तेस्रो स्थानमा छ ।

नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा एक एक खेल खेल्न बाँकी छ ।