२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेप्से ‘करेक्सन’तर्फ


0
Shares

मंगलबार ८ अंकले झरिसकेको नेप्से मध्याह्नपछि सच्चिँदै सकारात्मक रहेर थामियो । यसदिन नेप्से १ एक बराबरले सकारात्मक रहेको हो ।

यसदिन अन्य, वित्त र विकास बैंक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएपनि नेप्से धनात्मक रहन गयो । कारोबार भने यसदिन पनि न्यून नै रह्यो ।

१ सय ५५ कम्पनीको ६ लाख ७४ हजार बराबर कित्ता सेयर ३० करोड ७० लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।