२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल ताजिकिस्तानसँग ३–० ले पराजित


0
Shares

मंगलबार ताजिकिस्तानमा भएको खेलमा घरेलु टोलीले तीनओटै गोल पेनाल्टीमार्फत् गरेको हो ।

ताजिकिस्तानले २०, ६० र ८७औं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।

यो हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ ।

यसअघि, गत भदौ २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

समूह ‘एफ’मा रहेको नेपाल चार खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।

नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा खेल्न पनि बाँकी छ ।