
भन्सार कार्यालयमा एक जना पनि कर्मचारी नबस्दा चिराईतोलगायत बहुमूल्य जडिबुटीको तस्करी बढेको हो ।
चीनको तिब्बतमा चिराईतोसहित अन्य जडिबुटिको निकासी हुने ओलाङ्चुङगोला नाकामा रहेको भन्सार कार्यालयमा राजस्व संकलन गर्ने एक जना पनि कर्मचारी बस्ने गरेका छैनन् ।
अधिकांश समय भन्सार कार्यालयमा ताला झुन्डिने गरेको छ । ओलाङ्चुङगोलाकै स्थानीय एक कार्यालय सहयोगीले कहिलेकाहीँ मात्र कार्यालय खोेल्ने गरेका छन् ।
भन्सार कार्यालय नियमित सञ्चालन नहुँदा यो मार्ग हुँदै गैरकानुनी व्यापार व्यवसाय बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
भन्सार कार्यालयका प्रमुख बसन्त केसी कहिलेकाहीँ मात्र आउने गरेका छन् । आठ जनाको दरबन्दी रहेको कार्यालयमा कर्मचारी नहुनाले राजस्व संकलन प्रायः ठप्प छ ।
जिल्लाको हिमाली क्षेत्रमा पाइने दुर्लभ कुड्की, पाँचऔले, माईकोपिला साथै चिराईतोलगायतका जडिबुटी चोरी निकासी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्